कामना सेवा विकास बैंकले अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै आइतबारदेखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन आवेदन  गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहक माहानुभावहरुले  घरैमा बसेर कामना सेवा विकास बैंकको  जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सक्ने बताइएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया