सुनको भाउ बुधबार ह्वातै घटेको छ । यसदिन सुनको भाउप्रति तोला ६ हजार २ सय रुपैयाँले घटेको हो । विगतमा बेस्सरी चुलिएको सुन अब घट्ने क्रममा लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा आएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला २२५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया