नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७६/७७ को प्रतिफल सार्वजनिक गरेका छन् ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ १० गतेको सञ्चालक समितिको बैठकले नबिल व्यालेन्स्ड फण्ड २ का इकाईधनीहरुलाई ९ प्रतिशत र नबिल इक्वीटी फण्डका इकाईधनीहरुलाई ले ६ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।

साथै, नबिल इक्विटी फण्डका एकाइधनीले पनि ६ प्रतिशत नगद लाभांश पाउने कम्पनीले जानकारी दिएको छ। यसका लागि कोषले कुल ७ करोड ५० लाख रुपैयाँ वितरण गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया