गत बुधबारदेखि मेरो शेयरमा देखिएको समस्या आजभोलिबाट समाधान हुने सिडिएससीले जनाएको थियो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सेयर पोर्टलमार्फत अब आफ्नो सेयरको पोर्टफोलियो फेरी हेर्न मिल्ने बनाएको हो ।

केही दिनयता नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट लाइभ डेटा सिडिएससीको सिस्टममा समाहित हुन प्राविधिक समस्या रहेकोमा सो समस्यालाई आज समाधान गरी अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको सिडिएससीले जानकारी दिएको छ ।

पोर्टफोलियो हेर्ने सुविधा नभएका कारण मेरो सेयरमार्फत लगानीकर्ताले रियल टाइम पोर्टफोलियो हेर्ने सुविधाबाट बञ्चित भइरहेका थिए ।

तपाईको प्रतिक्रिया