नेपाल उद्योग वाणिज्य महासंघले तीन ठाउँमा निर्वाचन गर्ने गरी बुधवार निर्वाचन तालिका सार्वजनिक गरेको छ। महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र पज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गर्ने सूचनामा भनिएको छ। कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई द्धिष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ। आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभाको मिति तोकिएको छ।

दुई दिन हुने साधारण सभामा १२ गते निर्वाचन हुने बताइएको छ। उक्त निर्बाचनकोलागि उम्मेद्वारहरुको मनोनयन पत्र बुधवार देखिनै दाखिला गर्न सकिने छ। दाखिला भएको मनोनयन पत्रको आधारमा उम्मेद्वारहरुको पहिलो नामावली मङ्सिर चार गते साँझ ६ बजे प्रकाशित हुने छ। उम्मेद्वारहरुका विरुद्धमा परेका दाबि विरोधको छिनोफानो पछि अन्तिम नामावली मङ्सिर ८ गते प्रकाशन हुने सूचनामा भनिएको छ।

विस्तृत जानकारीको लागि यो लिङ्क क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया