कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बैंकले १ः१.५ को अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा गत पुस २६ गते निवेदन दिएको हो। बैंकले १ सेयर थप १.५ नयाँ सेयर निष्कासन गर्ने तयारी गरेको हो।
बैंकले कुल ३० लाख हकप्रद निष्कासनका लागि अनुमति मागेको छ। जुन ३० करोड रुपैयाँबराबरको हुन आउँछ।
यो हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ।
बैंकको केन्द्रीय कार्यालय पर्साको वीरगन्जमा रहेको छ भने हाल धितोपत्र दोस्रो बजारमा यो बैंकको हिजो सोमबार अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ रहेको थियो। आज मंगलबार यो बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागिसकेको छ। योसँग आज यो बैंकको सेयर प्रतिकित्ता ४५३ रुपैयाँ पुगेको छ।

Online Arthik










