सानिमा माई हाइड्रोपावर लिमिटेड  Sanima Mai Hydropower को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले कार्तिक २ गते काठमाडौँको धुम्बाराही स्थित स्मार्ट दरबार ब्यांक्वेटमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ।  सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन्  ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ८९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने पस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

तपाईको प्रतिक्रिया