नेपाल बैंक लिमिटेड बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया