गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९५ करोड ४ लाख रुपैयाँको कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ६ करोड ६५ लाख २८ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ३५ लाख १ हजार ४७३.६८ रुपैयाँबराबरको नगद लाभांश छन्।

तपाईको प्रतिक्रिया