कालिञ्चोक दर्शन लिमिटेड कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुलाई वितरण गरेको १ लाख २० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) १० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४८ लाख कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ७८ रुपैयाँ १५ पैसा देखि २३४ रुपैयाँ ४५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले केडिएल कारोबार संकेत प्रदान गरेको छ ।