मंगलबार १९९० सम्म झरेको नेप्से सूचक अन्तिममा बढेर २०१५ विन्दुमा पुगेको छ।
मंगलबार नेप्से सूचक १७।६९ अंकले बढेर २०१५।९८ विन्दुमा पुगेको हो। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम छ।
यस दिन १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ बराबरको ६० लाख ३१ हजार ३५६ कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार सुरुवाती चरणमा कारोबार रकम निकै सुस्त रहेको भएपनि बजार फर्कदा भने कारोबार रकम पनि बढेको छ ।
नेप्से सूचक २००० विन्दु तल झरेपनि उक्त विन्दुभन्दा तल बसीरहेको छैन। यो विन्दु नेप्सेको टेवा विन्दु पनि हो। यसले गर्दा सोहि विन्दुमा खरिदकर्ताहरु सक्रिय देखिएका छन्।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक बढेको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २।२१ प्रतिशतले बढेको छ।
यस दिन कुथेली बुखरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९।९८ प्रतिशतले बढेको छ भने इङ्गवा हाइड्रोपावरको ८।९१ प्रतिशत र माइ खोला हाइड्रोपावरको ८।९० प्रतिशतले बढेको छ।
यता लक्ष्मी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४।४२ प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको ४।१९ प्रतिशत र विन नेपाल लघुवित्तको २।२३ प्रतिशतले घटेको छ।