काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । उपप्रमुख सुनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।
‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ । ।राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको तर्फबाट हेटौंडामा मतदान भइरहेको छ ।