लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ‘ओरेन्ज एनएक्सटी’को थालनी  गरेको छ ।

एफवान सफ्ट अन्तर्गतको ‘फोन एनएक्सटी’ सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ ।

‘ओरेन्ज एनएक्सटी’ ले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरु प्रदान गर्ने बैंकको भनाइ छ ।

ग्राहकहरुको बदलिंदो आवश्यकता अनुकूल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्‍याउनेछ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको  डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ओरेन्ज एनएक्सटी कोशेढुंगा साबित हुन सक्छ ।

परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, ‘ओरेन्ज एनएक्सटी’ मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ ।

‘फोन एनएक्सटी’ का प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मुलभूत उद्देश्यले ओरेन्ज एनएक्सटीको विकास गरिएको हो ।

परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्ज एनएक्सटीले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास छ ।

 

तपाईको प्रतिक्रिया