इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले यो अवधिसम्म १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६३.५५ प्रतिशतले कम हो ।

अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै संस्थाको खुद ब्याज आम्दानीमा पनि १६.४१ प्रतिशतको कमी आएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म ३८ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी घटेर ३२ करोड २९ लाख रुपैयामा सीमित भएको छ ।

संस्थाको सञ्चालन मुनाफा पनि ६३.५४ प्रतिशतले घटेको छ । संस्थाको सञ्चालन मुनाफा २ करोड १४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात भने स्थिर रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.९५ प्रतिशत छ ।

संस्थाको प्रतिसेयर आम्दानी ६.०२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०२.९२ गुणा,प्रतिसेयर नेटवर्थ १३६.९९ रुपैयाँ र तरलता अनुपात ६.९५ प्रतिशत कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया