हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको १५ प्रतिशत नगद लाभांश माघ ३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको कम्पनीले जनाएको छ। सो विवरणहरु अद्यावधि भएपश्चात मात्रै नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।

 

तपाईको प्रतिक्रिया