प्रतिशत घटेर ७५ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत बढेर २३ करोड ७२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्लानी गरेको थियो ।
लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३३.४७ प्रतिशत घटेर ३ करोड ६९ लाख रुपैयाँ छ भने कुल सञ्चालन आम्दानी ८.५६ प्रतिशत बढेर २८ करोड ५७ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ र जगेडा कोष ४.८१ प्रतिशत बढेर १४ करोड ५२ लाख रुपैयाँ छ । लघुवित्तले ३ अर्ब ५० करोड निक्षेप तथा सापटी संकलन गरेर ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ७८ पैसा घटेर २.३६ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३.५७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५४२.१९ गुणा रहेको छ ।
लघुवित्तको खराब कर्जा १.२८ प्रतिशतविन्दु बढेर ३.६५ प्रतिशत पुगेको छ । यस्तै लघुवित्तको आधार दर १६.५८ प्रतिशत र कस्ट अफ फण्ड ८.७६ प्रतिशत छ ।