एशियन हाईड्रोपावर कम्पनीको घाटा ३२ प्रतिशतले बढेको छ । अघिल्लो आवसम्म ४ करोड २२ लाख रुपैयाँबराबर घाटामा रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ५ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवसम्म कम्पनीले आर्जन गरेको १४ करोड ८७ लाख रुपैयाँको तुलनामा १२.२८ प्रतिशतले कम हो । कम्पनीको प्रशासनिक खर्च १ करोड १६ लाख ३८ हजार रुपैयाँबाट बढेर १ करोड १६ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको वित्त खर्च १० करोड ८२ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ३४ करोड रुपैयाँबराबर रहेको छ । अघिल्लो आवसम्म ४ करोड २० लाख रुपैयाँबराबरको रहेको रिजर्भको आकार १ करोड ३७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ९५ लाख र कुल चालु दायित्व १२ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१६.४१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९५.९५ रुपैयाँ र तरलता अनुपात ०.७२ प्रतिशत कायम भएको छ ।

 

 

तपाईको प्रतिक्रिया