नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा लोकप्रिय करेन्ट नुडल्स को उत्पादक कम्पनी यशोदा फुड्सले काठमाडौं उपत्यकाभित्र आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले कपन (रिलायन्स कलेज नजिक) नयाँ शाखा औपचारिक रूपमा सुरु गरेको हो।

यसअघि बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको सफलतापछि ग्राहकको मागलाई ध्यानमा राख्दै कम्पनीले कपनमा शाखा विस्तार गरेको जनाएको छ। उद्घाटनको अवसरमा ग्राहकलाई मार्टमा उपलब्ध सम्पूर्ण उत्पादनमा १० प्रतिशत विशेष छुट दिइएको छ। नयाँ शाखाको उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेल ले संयुक्त रूपमा गरेका थिए। मार्टमा करेन्ट ब्रान्डका नुडल्स, विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोटाटो क्र्याकर्स, चिया तथा मसला लगायतका उत्पादन एकै ठाउँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

सन् २०१७ मा स्थापना भएको यशोदा फुड्स नेपालका अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीका ‘करेन्ट’ ब्रान्डका चाउचाउ युवापुस्तामाझ लोकप्रिय छन् र यसको उत्पादन नेपालसहित विश्वका २२ भन्दा बढी देशमा निर्यात हुँदै आएको छ।

तपाईको प्रतिक्रिया