नबिल बैंक लिमिटेडले पौने २ करोड बढी कित्ता सेयर बिक्रीमा राखेको छ।
बैंकले बंगलादेशको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्स बैंकको नाममा रहेको संस्थापक समूहको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिदका लागि आवेदन पेस गर्न सक्ने बैंकले जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा गोप्य खामबन्दी पेस गर्नुपर्नेछ।
तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानुनी व्यवस्थाअनुसार सो सेयरहरु अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

Online Arthik










