नेपाल राष्ट्र बैंक कम्पनीको गत पुस ५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। तर, राष्ट्र बैंकले नियमनकारी कोषमा समायोजन गरी वित्तीय विवरण पेस गर्न निर्देशन दिएको थियो।
राष्ट्र बैंकको निर्देशनबमोजिम नियमनकारी कोषमा समायोजनपश्चात कम्पनी सञ्चालक समितिको सोमबार (पुस ११ गते) बसेको बैठकले चुक्तापुँजी ६.५ प्रतिशत बोनस सेयर र कर प्रयाजनार्थ ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Online Arthik










