राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका पूर्व ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले स्थापना गरेकी ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ पुरस्कार सहकारी खबर डटकमका सम्पादक काजी श्रेष्ठले प्राप्त गरेका छन् ।
सहकारी अभियानमा लामाे समय क्रियाशील व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ बाट उक्त सम्मान प्रदान गरिएको हो । पूर्व मन्त्री समेत रहेका बडाल राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष हुन् ।
नगद रु १५ हजार राशी सहितको उक्त सम्मान शनिबार ललितपुरमा आयोजित प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको अवसरमा श्रेष्ठलाई प्रदान गरिएको हो ।
सम्पादक श्रेष्ठलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले पुरस्कार प्रदान गरेका हुन् । विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशील श्रेष्ठ नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का अध्यक्ष समेत हुन् ।

Online Arthik










