सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको अलोफ्ट काठमाण्डूमा साँझ ५ बजेदेखि हुनेछ।
सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

Online Arthik










