कोरोना भाइरस (कोभिड १९) को कारणले लगानीका क्षेत्रहरु खुम्चदै गएको परिवेशमा बढी भन्दा बढी लगानीकर्ताहरुलाई नेपालको वित्तीय बजार पनि एउटा लगानीको क्षेत्र हुनसक्छ भन्ने उद्देश्यका साथ लगानीकर्ताहरुलाई शेयर बजारमा प्रवेश गराउन सर्वप्रथम डिम्याट खाताको आवश्यक पर्ने भएकोले उहाँहरुको हितलाई ध्यानमा राखी नविल ईन्भेष्टमेन्टले पञ्चगुणी डिम्याट सेवा सार्वजनिक गरेको छ । यो योजनामा यस कम्पनीले दिंदै आएको वित्तीय बजारसंग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरुमा लाग्ने शुल्क तथा दस्तुरहरुमा एक पटकको लागि पूर्णरुपमा छुट हुनेछ ।
जसमा डिम्याट अकाउण्ट, इक्वीटी रिसर्च रिपोर्ट, मेरो सेयर, पोर्टफोलियो म्यानेजमेन्ट एण्ड इन्भेष्टमेन्ट अड्भाइस र टोटल फाइनान्सियल एड्भाइजरी एट बिजिनेश क्लिनिक जस्ता ५ सेवा निःशुल्क उपलब्ध हुनेछ ।
लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र कै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिंग सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । यो योजना श्रावण १ गते देखि सुरु भई बढीमा श्रावण मसान्त सम्म लागु रहनेछ ।

Online Arthik










