साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनी सञ्चालक समितिको आइतबार (फागुन १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा मध्याह्न १२ः१५ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्नेछ।
कम्पनी ऐन, २०६३को दफा १०५(१)को खण्ड (ख)बमोजिम ऋण सुविधा लिन स्वीकृतउपर छलफल गरी सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही फागुन २६ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










