आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपा–८स्थित बनेपा पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले भविष्यमा अन्य लघुवित्त संस्था गाभ्ने, गाभिने वा प्राप्ति गर्न वा हुन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले प्रबन्धपत्रको दफा ५मा रहेको वित्तीय संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरुमा विप्रेषणसम्बन्धी कार्यहरु गर्न दफा ५ अन्तर्गत खण्ड (प) थप गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यो आर्थिक वर्षका लागि संस्थाले कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले चैत २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभा सहभागी हुन पाउनेछन्।

Online Arthik










