प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसअनुसार १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थालाई सेयर बिक्री खुला गरिने पनि बैंकले जनाएको छ।

Online Arthik










