आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ का इकाइहरु आज वैशाख १७ गतेबाट बिक्री खुला गरिएको छ।
यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गर्न लागिएको हो। कुल इकाइमध्ये १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाइ स्वीकृत विवरण पुस्तिकाको सर्तानुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको हो।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्ति सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
यो योजनाको निष्कासन बन्द छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गते हुनेछ।
आरबीबी मर्चेन्ट बैंकिङ यो म्युचुअल फन्डको योजनाका व्यवस्थापकका रुपमा रहेको छ।

Online Arthik










