एक्सेल डेभलपमेन्ट बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदार्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालनको निर्वाचन गर्नेछ।
सोही सभाबाट आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले असार ४ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










