प्रभु बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २६ लाख ५० हजार ८०२ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।
यसअघि बैंकले उक्त सेयर ३५ दिनको म्याद दिई संस्थापक सेयरधनीहरुका लागि आवेदन खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

Online Arthik










