नेपाल पुनर्बीमा कम्पनी सञ्चालक समितिको बिहीबार (जेठ २५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थान अमृतभोगमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










