यो साता कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ५०० रुपैयाँ बढ्दै सुनको भाउ सर्वाधिक उचाइमा पुगेको हो। यो बढोत्तरीसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८६० रुपैयाँ कायम भएको छ।

Online Arthik










