ग्रीन भेञ्चर्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३० करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ३४९ प्रतिशतभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी पनि ६६.५६ प्रतिशतले बढेर ९४ करोड ४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५६ करोड ४५ लाख रुपैयाँ भएको थियो।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १०.२१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.०८ प्रतिशत थियो। पीई रेसियो ३७.७१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.२२ रुपैयाँ रहेको छ।

Online Arthik










