कुमारी बैंकले संस्थापक समूहको १० लाख १८ हजार ५०४ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
लगानीकर्ताहरुले खरिद आवेदन काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १० गतेसम्म तोकिएको छ।

Online Arthik










