सप्तकोशी सिमेन्टले एकैवर्ष २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको छ। २०२१/२२ को तुलनामा २०२२/२३ मा कम्पनीको कारोबार ३१.२३ प्रतिशतले बढेको छ। २०२१/२२ मा कम्पनीले १ अर्ब ७९ करोड १० लाख रुपैयाँको व्यापार गरेकोमा २०२२/२३ मा बढ्दै २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।
सिमेन्टको प्लान्ट मोरङको कटहरीमा छ। तीन वर्षअघि कम्पनीको नाम नेसनल सिमेन्ट प्रालिबाट सप्तकोशी सिमेन्ट प्रालि राखिएको थियो। कम्पनीसँग दैनिक ६०० टन ओपीसी सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ। दुईवटा युनिट रहेकोमा पहिलो युनिटले दैनिक १०० टन र दोस्रो युनिटले ५०० टन उत्पादन गर्न सक्छ।
कम्पनीले १ अर्ब १२ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। रेटिङ एजेन्सी केयर रेटिङ्सले २० करोड ९४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी र ९१ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ दिएको छ।

Online Arthik










