सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। यो सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा गैर संस्थापकलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले जनाएको छ।

Online Arthik










