सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी माघ १४ गते आइतबारका दिन काठमाण्डौ नक्सालमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आवका लागि चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै अध्यक्षद्वारा प्रस्तुत हुने आव २०७९/७० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। यसका साथै लोखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनुका साथै आ।व २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
यस्तै सर्वसाधारण समूहबाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीले वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनक लागि आगामी पुस २९ गते बुक क्लोज गर्ने निर्ण गरेको छ । यसर्थ पुस २८ गतेसम्म कायम सेयरधनीमात्रै कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Online Arthik










