नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भैरहवास्थित होटल टाईगर प्यालेसमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीको लागि योग्य हुनु अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गरे । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराए ।

साथै कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो ।  सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका ४ जना सिओटी र ८३ जना एमडिआरटी अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवम् शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवम् ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती रहेको थियो ।

तपाईको प्रतिक्रिया