नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन्। यी दुई लघु वित्त एक बराबर १ शेयर स्वाप अनुपातमा एक आपसमा गाभिएका हुन्।
गत बैशाख १० गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेका हुन्। मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते यी दुई लघुवित्तलाई अन्तिम स्वीकृती प्रदान गरेको थियो।

Online Arthik










