सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरको छ ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत्र २७ गते मंगलबार, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार–काठमाडौंमा विहान १० बजेदेखि २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

Online Arthik










