छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.८९ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ८८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नाफा सँगै संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.८५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २ अर्ब ११ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यो अवधिमा संस्थाको खुद सञ्चालन आम्दानी भने १४.३९ प्रतिशतले घटेको छ । संस्थाले तेस्रो त्रैमाससम्म १ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको छ । संस्थाको सञ्चालन मुनाफा ९० करोड ४१ लाख रुपैयाँबराबर रहेको छ ।
तेस्रो त्रैमाससम्म संस्थाले कर्मचारीका लागि ८० करोड २० लाख र अन्य सञ्चालनका लागि ११ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ ।

Online Arthik










