शिखर इन्स्योरेन्स कम्पनीले दाबी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी दाबी लिन आउन बीमितलाई आग्रह गरेको हो।
कम्पनीबाट बीमालेख खरिद गरी २०८० फागुन १६ गतेदेखि २०८१ जेठ १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको र बीमितका प्रतिनिधि पनि सम्पर्कमा नआएको कम्पनीले जनाएको छ। यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजसहित कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीका प्रादेशिक कार्यालय वा शाखामा र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सभेयरलाई सम्पर्क गरी आवश्यक कागजात बुझाई आफूले गरेको दाबी लिन कम्पनीले आग्रह गरेको छ।
यसका साथै कम्पनीबाट हालसम्म बीमितका नाममा दाबी फर्छ्यौट पुर्जा पठाएको दाबीहरु सम्बन्धमा समेत ३५ दिनभित्र आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्यौट पुर्जामा सहीछाप गरी दाबी फर्छ्यौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

Online Arthik










