सानिमा बैंकले एक सूचना जारी गर्दै १ लाख १५ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण गरिएको छ ।
संस्थापक सेयरधनीले आफ्ना नाममा कायम रहेको उक्त सेयर बिक्री गर्न निवेदन गरेको हुँदा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार उक्त संस्थापक सेयर खरीद गर्ने पहिलो हक संस्थापक सेयरधनीहरूको भएको हुदा विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा निवेदन दिनुपर्नेछ । यसरी निवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाउनु पर्नेछ ।
तोकिएको उक्त म्याद भित्र विद्यमान संस्थापक सेयरधनीहरूको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक भन्दा बाहिरका अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्न आवश्यक कदम अघि बढाईने बैंकले जनाएको छ ।

Online Arthik










