ईङ्वा हाइड्रोपावर लिमिटेड कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीले विकास, निर्माण तथा सञ्चालन गरिरहेको आयोजनाको लागि बैंक तथा वित्तीय संस्थासँग लिईएको तथा लिने आवश्यक कर्जा कम्पनी ऐन अनुरुप तोकिएको सिमा भन्दा बढी रहेको हुँदा सो कर्जा अनुमोदन गर्ने तथा अन्य आयोजनाहरु विकास गर्नका लागि थप कर्जा आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी निकायबाट कम्पनी अद्यावधिक गर्दा तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Online Arthik










