मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा मिति २०८१ पुस २८ गते थापागाउँ बैंक्वेट, नयाँ बानेश्वर, काठमाडौँमा सम्पन्न भयो। सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय पारित गर्यो।साधारण सभाबाट संस्थापक समूहका शेयरधनी तर्फबाट यादव अधिकारी, रामहरी शर्मा, र सुमन प्रसाद अधिकारी तथा सर्वसाधारण समूहका तर्फबाट सतीश गौतम चारजना सञ्चालकलाई आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरियो।

यसैगरी, संस्थाको केन्द्रिय कार्यालय स्थानान्तरण गरी काठमाडौँ महानगरपालिका वडा नं. ११ मा रहेको आफ्नै भवनमा राख्नका लागि प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने निर्णय पनि सभाबाट पारित भयो।

फाइनान्सले गत मंसिर मसान्तसम्म २१ अर्ब रुपैयाँ निक्षेप संकलन र १७.५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। फाइनान्सको केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा रहि, देशभर २७ वटा शाखा र एक विस्तारित काउन्टरमार्फत १ लाख २० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

 

तपाईको प्रतिक्रिया