चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा १९४.३२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनी २ करोड १३ लाख रुपैयाँ घाटामा थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८.१२ प्रतिशतले बढेर ३ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको पुस मसान्तसम्म ३ करोड ७४ लाख रुपैयाँले धनात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानी ९९ लाख १८ हजार रुपैयाँले ऋणात्मक बनेको छ ।
कम्पनीको कर्मचारीका लागि ३ करोड २९ लाख र १ करोड ६३ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६ करोड १२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६२ करोड ५३ लाख रुपैयाँ छुट्टाएको थियो ।
कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २५ करोड २६ लाख रुपैयाँ रहेको छ ।

Online Arthik










