आज नेप्से र क्रेष्ट माइक्रो लाइफबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणसमक्ष एनआइएमबी एस क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत फागुन २२ गतेदेखि २६ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत)सेयर (धितोपत्र) समेत गरी जम्मा ७५ लाख कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम चैत २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ बिहिबारको कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘CREST’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.८६ रुपैयाँ र ३०२.५८ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।

Online Arthik









