आज साताको चौथो कारोबार दिन नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६६ अंकले बढेर २ हजार ६७६.२८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ४४६.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

होटल समूह आज सर्वाधिक अर्थात २.६५ प्रतिशतले बढ्यो । विकास बैंक ०.४२, फाईनान्स ०.४४,हाईड्रो ०.१९, लगानी १.५६,जीवन बीमा ०.३०,उत्पादन तथा प्रशोधन १.४२, लघुवित्त ०.२६,म्युचुअल फण्ड ०.५७, निर्जीवन बीमा ०.८३ र अन्य समूह ०.३५  प्रतिशतले बढ्यो ।

बैंकिङ समूह र व्यापार समूह आज क्रमशः०.०३ र ०.४० प्रतिशत।ले घटे ।

 

तपाईको प्रतिक्रिया