एनआईसी एशिया बैंकले गत चैत २५ गतेदेखि २८ गतेसम्म जारी गरेको ५ अर्ब  रुपैयाँबराबरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र बाँडफाँड भएको छ ।

रितपूर्वक आवेदन दिएकाहरुलाई चैत ३१ गते उक्त ऋणपत्र बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

१ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ताको कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब रुपैयाँबराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो ।  बाँडफाँडमा परेको ऋणपत्रको विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट वा सिडिएस एण्ड क्लियरिङबाट सञ्चिालिन वेबसाइटमार्फत हेर्न सकिनेछ ।

१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

 

तपाईको प्रतिक्रिया