८५ करोडको रिलायवल समृद्धि योजना निष्काशन तथा बिक्री खुल्ला भएको छ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रवद्र्धक तथा रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायवल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायवल समृद्धि योजना’ आजदेखि बिक्री खुला भएको हो । जसको आकार १ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये ८ करोड ५० लाख इकाई अथवा ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशन मार्फत बिक्री खुल्ला गरिएको छ ।

यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्री गर्न सकिनेछ । यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो । यस योजनाको वार्षिक औसत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।
रिलायवल सामूहिक लगानी कोषको सार्वजनिक निष्काशन छिटोमा वैशाख ७ गते र ढिलोमा १७ गतेसम्म हुनेछ ।

इच्छुक लगानीकर्ताहरुले –व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्मका लागि आवे्दन दिन सक्नेछन् । लगानीकर्ताले लगानीका लागि सी–आश्वा खाता रहेको बैँक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछन् । कम्पनीले शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको सूचना अधिकृत दिपेश बाबु तिवारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया