एनआईसी एशिया लघुवित्त कम्पनीको १ करोड ४५ हजार कित्ता सेयरको लकइन अवधि आगामी असार १९ गते समाप्त हुने भएको छ ।
संस्थाका संस्थापक सेयरधनीहरुको सेयर सर्वसाधारणलाई विसं २०७७ असार २० गते बाँडफाँड गरिएको मितिले ५ वर्षसम्म लकइनमा राखिएको थियो ।
उक्त ५ वर्षे अवधि आगामी असार २० गते समाप्त हुन लागेकाले उक्त सेयरको लकइन अवधि खुल्न लागेको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

Online Arthik










